कुन्दनराज काफ्ले/

​न संशयमनारुह्य नरो भद्राणि पश्यति ।
“जोखिम उठाउने साहस गरेर नै असल काममा प्रवृत्त हुने हो । जस्तो सुकै कठिनाइ सामना गर्ने हिम्मतका साथ काम गर्दा नै सुखद् परिणाम प्राप्त गर्न सकिन्छ ।” यस्तै दृढ भावना बोकेर खडा गरिएको जनाताको पार्टी नेपाली काँग्रेसले लेवल त्यागको सन्देश दिएको छ । तर पछिल्लो समयमा यो पवित्र र कल्याणकारी सोँचमा धेरै नै हदसम्म गिरावट आएको पक्कै हो ।

जसरी समय समयमा नउध्याउने हो भने खुकुरी भुत्ते हुन्छ, उसको धारिलोपन नष्ट हुन्छ र आफ्नो काम गर्न सक्दैन त्यसरी नै जुन वास्तविक कारणका साथ खडा भएको पार्टी वा संस्था पनि सिथिल हुन्छ र काम गर्न सक्दैन । नेपाली काँग्रेसका सन्दर्भमा यसको वास्तविक उद्देश्यका निम्ति कठोरतापूर्वक संघर्ष गर्नुपर्ने परिस्थिति निर्माण भएको छ । टालटुले र देखावटी रूप परिवर्तनले अब चल्नेवाला छैन । देखिने गरी नै कठोर त्याग र समर्पण प्रकट गर्नुपर्नेछ ।

इतिहासको गम्भीर परिस्थिमा आफ्नै मूल्याङ्कन गर्दैै जनाताको वास्तविक मुक्तिका निम्ति रचना गरिएका लोकतान्त्रिक सिद्धान्तको राजमार्गमा आफूलाई हिदाउनु पर्नेछ । पारदर्शिता र जवाफदेहिताकाे ग्यारेन्टीका लागि आफनै चरित्र र व्यवहारमा परिवर्तन अपरिहार्य छ । यसका निम्ति मातृभूमिको एकमुठ्ठी माटो लिएर छातीमा राखेर संकल्प गर्ने बेला आएको छ । हाम्रा अग्रजले देखाएको त्याग र दिएको विचार अवलम्बन गर्न, जनाताको कल्याणका लागि हामी समर्पित हुनुपर्नेछ ।

पार्टीकाे छवि नेतृत्त्वबाट झल्किन्छ । नेतृत्त्व छद्मभेषी र बेइमान भयो भने सारा जनताका सपना चकनाचुर हुन्छन् र जनाताको टुटेको विश्वासले पार्टिको पुनर्जीवनका निम्ति गहिरो बाधा पुर्याउँछ । नेतृत्वको परीक्षण आम जनता र कार्यकर्ताले गरीरहेका छन् । काँग्रेसमा विश्वासको संकट खडा भएको छ । आपसी अविश्वास र दाउपेचले लक्ष्यभेदन हुदैन । त्यागको पुञ्जस्वरुप विश्वस्त र सिद्धान्तनिष्ठ नेतृत्त्वसहितकाे काँग्रेसका निम्ति म यस घडीमा हार्दिक अपिल गर्दछु । देशभरका काँग्रेस र काँग्रेस शुभचिन्तक साथीहरू ! ऐतिहासिक जिम्मवारीबोध गर्दैै सिद्धान्तनिष्ठ चरित्रवान नेतृत्वका लागि पार्टी पुनर्निर्माणमा जुटौँ ।

जय नेपाल !

( काफ्ले कांग्रेस पूर्व केन्द्रीय सदस्य हुन्)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको