काठमाडाैं : राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री मुकुल ढकालले रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनका लागि भारतका राजदूतसँग भेट गरेकाे बताएका छन् । साे भेटबारे पत्रकार टिकाराम यात्रीसँगकाे अन्तर्वार्तामा ढकालले रास्वपा सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेमाथि गम्भीर आराेप लगाएका छन् ।
स्वर्णिम वाग्लेले भारतीय राजदुतसँगकाे भेटबाट निस्कने क्रममा नेपाललाई भारतको राज्य (प्रान्त) बनाइदिन सकिने भन्दै आफूसँग भनेकाे र त्यसपछि आफू झस्किएकाे बताएका छन् ।
उसाे त वाग्ले तीनै व्यक्ति हुन् जाे संसदकाे राेष्टमबाट कांग्रेसले रविलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेपनि अस्विकार गरेकाे दाबा गरिरहेका थिए । उनै वाग्ले, रवि लामिछाने, शिशिर खनाल र मुकुलले काठमाडौंकाे एक हाेटलमा रविलाई प्रधानमन्त्री बनाउन भारतीय राजदूतसँँग वार्ता गरेकाे रहस्य उद्घाटित भएकाे छ ।
`भारतलाई जे पनि बुझाउन म तयार छु । मलाई प्रधानमन्त्री बनाउन मनाउ भनेर उहाँ ( रवि) ले मलाई पठाउनुभयाे । त्यसपछि मैले याे कुरा कहिले पनि गर्न सकिन ´ मुकुलले भनेका छन् । अन्तर्वार्तामा उनले आफूले बाेलेकाे कुराकाे साँचाे झुटाे परिक्षण दिन तयार रहेकाे पनि बताएका छन् । रविले त्यस्ताे भनिसकेपछि आत्मसमर्पणवाद हाे कि भनेर आफूलाई शंका लागेपनि प्रश्न भने नगरेकाे उनले बताए ।
` उहाँ गृहमन्त्री भइसकेपछि एउटा हाेटलमा हामीले भारतीय राजदूतलाई भेट्याैं । म, रवीजी, शिशिर खनाल र स्वर्णिम वाग्ले हुनुहुन्थ्याे र त्यता ( भारतीय दूतावास) बाट आफ्नाे टिम पनि थियाे । त्याे टिम भेटिसकेपछि उहाँ(रवि) जानुभयाे । त्यतिबेला मलाई स्वर्णिम वाग्लेले के भन्नुभयाे भने नेपाल देशलाई भारतकाे राज्य बनाइदिनका लागि एग्रिमेन्ट गर्दिने । त्याे गर्दिसकेपछि यिनिहरूले मान्छन् भनिसकेपछि मलाई त्यतिबेला झनक्क रिस उठ्याे,´ मुकुलले भनेका छन् । याे घटनाक्रम हुँदा सम्म मुकुल रविकाे विश्वास पात्र मानिन्थे । रास्वपाकाे महामन्त्री र प्रवक्ता थिए ।
मुकुलकाे आराेपबारे रवि र स्वर्णिमले कुनै प्रतिक्रिया दिइसकेका छैनन् ।