काठमाडौं : नेेपाल तरूण दलकाे केन्द्रीय अध्यक्षकाे जिम्मेवारी काभ्रेका दिल लामालाई दिइएकाे छ । नियमित १५ ओै महाधिवेशन तयारी समितिका संयाेजक डा.शशांक काेइरालाले लामालाई तरूण दल अध्यक्षकाे जिम्मेवारी ताेकेका हुन् । लामा तरूण दलका पूर्व केन्द्रीय सदस्य हुन् ।

कांग्रेसकाे विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा कांंग्रेसकाे एउटा समूह अघि बढेर नियमित महाधिवेशन नै सम्पन्न गरिसकेकाे छ । थपाले तरूण दफ अध्यक्षकाे जिम्मेवारी मनिष काेइरालालाई दिएका थिए ।

तर, शेरबहादुर नेतृत्वकाे पक्षले विशेष महाधिवेशन अवैधानिक भन्दै समानान्तर महाधिवेशनकाे तयारी गरिरहेकाे छ । मंसिर तेस्राे साता महाधिवेशन गर्ने भन्दै क्षेेत्र र जिल्ला अधिवेशन गरिरहेकाे छ । विशेष महाधिवेशनकाे वैधानिकताकाे विवाद सर्वाेच्च अदालतमा विचाराधीन नै छ ।

नवनियुक्त अध्यक्ष लामाले तरूण दललाई युवाहरूका मुद्दामा थप सक्रिय बनाउने प्रतिवद्दता जनाएका छन् ।

हेर्नुस् पत्र

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको