काठमाडौं : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिमाथि सानेपामा दुव्र्यवहार गर्ने व्यक्ति बैंक लुटपाटमा सजाय काटेका व्यक्ति भएको खुलेको छ । नुवाकोट बेलकोटगढी ७ का उनी कल्याण नेपाल रहेको खुलेको छ । नुवाकोट घर भएका पब्लिक युथ क्याम्पसका स्ववियु सभापति नविन पाण्डेले नेपालबारे आफ्नो फेसबुकमै लेखेका छन् ।
‘यो ६२/६४ साल तिर बिशालबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको ब्रान्च बाट २ करोड रकम लुटेर धादिङ गल्छीको भल्टारमा (कल्बोटमा) पैसा राखेर साइकल चढेर मलेखु गएर सुत्ने मानिस हो पछि पक्राउ परी जेल सजाय बिताएर निस्केका कल्याण नेपाल नामका फटाह हुन्। यस्तो फटाहले आदर्श नीति नियम निष्ठाको पाठ सिकाएछ। केही काङ्ग्रेसीहरू यस्ता अर्धपागललाई उचालेर नियोजित रुपमा अरुका विरुद्ध प्रयोग गरिरहेका छन्,’उनले लेखेका छन् ।
निधिले के भने ?

मधु आचार्य जो विशेष महाधिवेशन पक्षधरको हुनुहुन्छ । उहाँको वक्तव्य निस्केको छ, त्यो मैले पत्रपत्रिकाकै माध्यमबाट थाहा पाएँ भर्खरै । उहाँले के भन्नुभएको छ भने( नेपाली कांग्रेसको केन्द्रीय कार्यालय घेर्ने कार्यक्रम छैन । नेपाली कांग्रेसको केन्द्रीय कार्यलय घेर्ने कार्यक्रम छैन भनेपछि मसँग यहाँ भएको दुर्व्यवहारबारे के भनिठान्छु भनेँ विशेष महाधिवेशनको आयोजक पक्षधर यहाँ थिएनन्, अब कोही हुलदंगा गर्ने, अर्को भाषामा भन्ने हो भने गुण्डागर्दी गर्ने उछ्श्रृंखल तत्वहरू आएको थियो । त्यो आउनु हुँदैन थियो ।
सरकारको, प्रशासनको पनि यो कर्तव्य हुन्छ सुरक्षा दिनु । हाम्रो आफ्नै कार्यालयको सचिवालयको प्रशासनिक दायित्वभित्र पनि पर्छ । म आउँदा गाडी ब्लक थियो । कार्यालयभित्र पस्ने अवस्था थिएन । त्यहीँबाट आर्लिएँ । गाडीबाट ओर्लिएपछि दुई–चार जना केटाहरू, चिन्दिनँ म । केटाहरू आएर मेरो बाटो छेक्नुभयो । बाटो छेकिसकेपछि मैले जानदिनुपर्यो भनेँ । तीन–चार जना अगाडि आएर मेरो गाडीकै हुट फर्काए । त्यसपछि विशेष महाधिवेशन गर्नुपर्यो । तपाईंहरूको भोटर हो, के–के भन्न थाले ।
मैले म विशेष महाधिवेशनको पक्षधर होइन भने । यहाँ सभ्य भएर, शान्त भएर कुरा गर्नुस् भन्दा अलिकति असभ्य भाषाहरू बोले । को हो तपाईं, तपाईंलाई चिन्दिनँ भन्दा पुष्टि भयो नि त । उनीहरू कांग्रेस रहेनछ ।
किनभने विशेष महाधिवेशन पक्षधर मध्येको एउटा प्रमुख मान्छे मधु आचार्यजीको वक्तव्य आएको रहेछ, कि केन्द्रीय कार्यालय घेर्ने हाम्रो कार्यक्रम होइन भनेपछि विशेष महाधिवेशन पक्षधर पनि रहेनछन् । मुखबाट रक्सी गन्हाइरहेको थियो । उछ्श्रृंखल उच्ऋंखल तत्वहरू नै थिए । यो निन्दनीय काम हो । यसैमा अलमलिने काम पनि छैन ।

