धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा युवा नेता पुष्पकुमार शाहीले उम्मेदवारी घोषणा गरेका छन्। शाहीले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेश सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

शेरबहादुर देउवा पक्षले आगामी मंसिर १५ र १६ गते सुदूरपश्चिम प्रदेश अधिवेशन गर्ने तयारी गरेको छ। अधिवेशनको मिति नजिकिएसँगै प्रदेश नेतृत्वका लागि कांग्रेसभित्र चुनावी गतिविधि तीव्र हुन थालेको छ।

शाहीको उम्मेदवारी घोषणासँगै प्रदेश सभापतिका लागि नेतृत्व प्रतिस्पर्धा थप चासोको विषय बनेको छ। शाही नेविसंघका पूर्वउपाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको