
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाबारे सामाजिक सञ्जालमा भ्रमकाे खेती शुरू गरिएकाे पाइएकाे छ । यसअघि पनि केही व्यक्तिले थापाविरूद्द अपवाह फैलाउँदै आएका थिए । अहिले सामाजिक सञ्जालमा थापामाथि उनी स्वास्थ्य मन्त्री हुँदा उपकरण खरिद तथा अन्य काममा करोडौँ रकम अनियमितता भएको भन्दै अख्तियारमा जाहेरी दर्ता भएको भन्दै अफवाह फैलाइएको छ ।
०४७ पछि सार्वजनिक पदमा रहेका सबैकाे सम्पत्ति छानविनकाे माग गर्दै भ्रष्टाचारविरूद्द थापा खराे रूपमा प्रस्तुत भइरहेका छन् । त्यसबाट अत्तालिएकाहरू पनि अहिले थापाविरूद्द भ्रमकाे खेतीमा सामाजिक सञ्जालमा छद्म नाममा सक्रिय देखिएका छन् । थापा विरूद्द अफवाह फैैलाउन सामााजिक सञ्जालमा रास्वपाका केही समर्थक पनि सक्रिय देखिन्छन् ।
उनीहरूले गत जेठ २७ गते थापाविरूद्द उजुरी दर्ता भएको भन्दै दर्ता नम्बरसमेत सार्वजनिक गरिरहेका छन् । तर, अख्तियारले भने जेठ २७ गतेदेखि अहिलेसम्म गगन थापाविरुद्ध कुनै पनि उजुरी नपरेको जनाएको छ ।केहीले सर्वाेच्च अदालतमा समेत उजुरि परेकाे बताएपनि त्यस्तै कुनै उजुरी नपरेकाे र त्यस्ताे हल्ला निराधार रहेकाे सर्वाेच्च प्रशासनले जनाएकाे छ ।
सामाजिक सञ्जालबाट गलत सूचना सम्प्रेषण अपराधिक गतिविधि अन्तर्गत पर्छ । कानूनी झमेलामा पर्ने डरले अहिले केहीले थापाविरूद्दकाे भ्रामक स्टाटस हटाउन थालेका छन् ।
कांग्रेस पार्टीले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने अडान राखेकै कारण छानबिन समिति बनेको छ भने गिरीबन्धु टि–स्टेट प्रकरणमा केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिनको माग गरिएको छ । सामाजिक सञ्जालमा बलियाे जञ्जाल भएकाे रास्वपाका समर्थकहरू पनि छद्म नाममा थापाविरूद्द सक्रिय छन् ।