काठमाडौं : पर्यटकीय शहर भैरहवामा सञ्चालित बोधी रेडसन होटल प्रालिले चार तारे होटलको मान्यता पाएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागले इजाजत पत्र जारी गर्दै बोधी रेडसन होटललाई चार तारा होटलमा स्तर वर्गिकरण गरेको हो ।

सो होटलका सञ्चालक प्रमोद कुमार यादवले बोधी रेडसन चारा तारा होटलमा स्तरीकरण भएको जानकारी दिएका छन् । प्रतिनिधिसभाका पूर्व सांसद रहिसक्नुभएका यादवले सञ्चालन गरेको साे  होटल भैरहवाकै उत्कृष्ट होटल मानिन्छ । होटलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई उत्कृष्ट सेवा दिँदै आएको छ ।

शान्तिदूत गौतमबुद्धको जन्मस्थल पत्रि लुम्बिनि क्षेत्र नजिकै रहेको यो होटलको स्तरोन्नतीले समग्र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयले बताएका छन् । पछिल्लो समय भैरहवा भारत, चीनसहितका नेपाल आउने विदेशी पर्यटका लागि आकर्षक गन्तव्य बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको