धनगढी : राजनीतिक दलहरूको सार्वजनिक कार्यक्रममा भद्दा ढंगले आसन ग्रहणको ताँती रहने र एक घण्टासम्म पनि चल्ने गरेको परम्परा भत्काउँदै नेपाली कांग्रेसले आसन ग्रहण केवल डेढ मिनेटमा सक्नेगरि नयाँ परम्परा थालनी गरेको छ ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुदुर पश्चिमको धनगढीमा दुईदिन चल्नेगरि आज दिउँसो १२.३५ मा प्रारम्भ भएको प्रदेश स्तरीय कार्यक्रमको आसन ग्रहण डेढ मिनेटमै सकिएको छ । कार्यक्रमको सभापतिका रूपमा प्रदेश प्रतिष्ठानका प्रमुख जनकराज चौधरी र प्रमुख उपस्थितिका रुपमा सभापति गगन थापाको आसन ग्रहणपछि अन्य नेतृत्व सबैको सामुहिक आसन गराइएको थियो ।

प्रतिस्ठानका सदस्य डा. डिबि सुनारले जनाए अनुसार प्रतिस्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानको केन्द्रीय बैठकमा प्रस्ताव गरेर पारित गरे बमोजिम अब पार्टीको सबै तहको कार्यक्रममा केवल डेढ मिनेटमा आसन ग्रहण सक्नेगरि सबै तहलाई प्रेरित गर्नेगरी केन्द्रीय कार्यक्रमबाटनै यो शुरुआत गरिएको हो । सार्वजनिक कार्यक्रम या आन्तरिक बैठक तोकिएको समयमा शुरु गर्नुपर्ने जेठ १ देखि लागू हुने नियम पनि धनगढीबाट कार्यान्वयनमा आएको छ ।

धनगढीमा सार्वजनिक सूचना बमोजिम ठिक १२.३५ मै शुरु गरिएको थियो । प्रतिस्ठानले जनाए अनुसार सबै प्रदेशको उद्घाटन कार्यक्रम १२.३५ मै प्रारम्भ हुनेछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको