कल्याण गुरूङ। अधिकांश नक्कली र धोकेवाजहरुले आफुलाई सक्कली देखाउन घरको सदस्यता छातीमा झुण्ड्याएर हिडछन् ।
तर, कठिन समयमा दुलो भित्र लुक्छन् । घरलाई धमिराले झै नष्ट र सत्यानाश गर्छन् ।

जसको पुर्खाहरुको त्याग, तपस्या, बलिदान, आदर्श, विचार, सिद्धान्तनिष्ठ चेतना, स्वाभिमान, आत्मसम्मान र दृढ ईच्छा शक्तिको जगमा जुन घर निर्माण भयो । आफ्नो सम्पुर्ण जिवन दिएर, रगत ,पसिना र जवानी समर्पण गरेर अत्यन्त दुःख, कष्ट र मेहनतले जसले घर बनायो । घरलाई एकताबद्ध कायम राख्न जसले तुच्छ अपमानहरु सहेर जानाजानी र हाकाहाकी आफ्नो सर्वस्व गुमाउन तयार भयो ।

जसले घर बनाउन, बचाउन र चलाउन आफ्नो सारा जिवन कुर्बानी गर्यो, आज त्यही घरको कर्तव्यनिष्ठ सदस्यलाई घरको सदस्य बन भनेर बारम्बार भनि रहनु पर्दैन । उ पहिले देखि नै घरको कर्मठ जिम्मेवार सदस्य नै हो ।

घर प्रतिको कर्तव्य र जिम्मेवारी कठिन समयको कठोर कर्मले प्रष्ट गर्छ, सहज समयमा आफ्नो स्वार्थहरु पुरा गर्नको लागि लिएको सदस्यताको प्रमाणपत्रले होईन ।

घरको कर्तव्यपरायण सदस्यलाई नै घर र परिवारको धेरै धेरै माया हुन्छ । वास्तविक माया सहज र सरल परिस्थितिमा होईन, कठिन, विषम र प्रतिबन्धित अवस्थामा थाहा हुन्छ । जसले घरको लालपुर्जा कहिल्यै मागेन, उसलाई केवल अन्तरमनबाट घरको आत्मीय सदस्य भएको अनुभूति दिलाए मात्रै पुग्छ ।

जसले घरको लागि सारा जिवन खुसी खुसी बलिदान गर्यो र आफ्नो सम्पुर्ण ऊर्जाशील उमेर समर्पित गर्यो, उसको ईज्जत, प्रतिष्ठा, विश्वास, स्वाभिमान र आत्मसम्मानको सार्वजनिक धज्जी नउडाई दिए पुग्छ ।

उसलाई घरको सदस्य भएको प्रमाणपत्र नभए पनि हुन्छ तर घरका सदस्यहरुको बिचमा मेलमिलाप, माया, सम्मान, बृहतर एकता, व्यवहारिक गृहसूत्र, बलियो सम्बन्ध र आपसी उदार समझदारी भए पुग्छ ।

कुनै पनि घरका सदस्यहरुको बिचमा लगातार र बार बार घोचपेच, वैमनस्य र कलह भई रहने हो भने सबै अवयवले पूर्ण भएको पुर्खाले बनाईदिएको घर पनि आपसी वैरभावले सग्लो रहंदैन ।

यो तितो सत्यलाई कसैले पनि नजरअन्दाज गर्नु हुंदैन ।

( गुरूङ कांग्रेस नेता हुन्)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको