काठमाडौँ । नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै मातहतका निकायलाई परिपत्र गरेको छ । नियमित महाधिवेशन वैशाखमा हुने जानकारीसहित कांग्रेसले परिपत्र मातहतका तल्ला निकायमा पठाएको हो ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाएर पार्टीलाई बहुमत ल्याउन सबै क्रियाशील हुन भनिएको छ । पुस १८ गतेको कार्यसम्पादन समितिको निर्णयअनुसार भनेर १९ गतेको मिति भएको परिपत्र कांग्रेसले आज आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनका लागि भन्दै महाधिवेशन प्रतिनिधिहरुलाई काठमाडौं आउन अपील गरिसेकको छ । उनीहरुले भृकुटीमण्डपमा हलसमेत बुक गरिसेकका छन् । तर, कार्यसम्पादन समितिको बैठकले वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने भन्दै कार्यतालिका आएको छ ।
हेर्नुस् परिपत्र




