सिड्नी : जनसम्पर्क समिति अष्ट्रेलियाको ५ओैं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका सभापतिको उपस्थिति तथा कांग्रेसका महामन्त्री गुरुराज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो। अधिवेशनबाट महासचिवमा पुरन रोकाया सुदामा सर्वसम्मत भएका छन् ।
रोकाया नेविसंघका पूर्व केन्द्रीय सदस्य हुन् भने त्रिभुवन विश्वविद्यालय स्ववियुका लागि केन्द्रीय प्रतिनिधि थिए । नवनिर्वाचित महामन्त्री रोकाया लामो समयदेखि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आबद्ध रहँदै आएका छन्। उनी नेविसंघको क्याम्पस तहदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।अधिवेशनले नयाँ नेतृत्व चयनसँगै अष्ट्रेलियामा नेपाली कांग्रेसको संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने महामन्त्री राेकायाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

नवनिर्वाचित महामन्त्री पुरन राेकाया सुदामा
अधिवेशनमा महिलादेखि खेलकुद क्षेत्रका नेतृत्व तथा प्रतिनिधि र ‘जेन–जी’ युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । विभिन्न क्षेत्र र पुस्ताको प्रतिनिधित्व हुने गरी भएको सहभागिताले अधिवेशनलाई थप उत्साहपूर्ण बनाएको थियो। विशेषगरी युवाहरूको उल्लेखनीय उपस्थितिले संगठनप्रति नयाँ पुस्ताको चासो र सहभागितालाई समेत प्रतिबिम्बित गरेकोछ। यस अधिवेशनलाई संगठनको गतिविधि र आगामी कार्यदिशाबारे छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा समेत लिइएको बताए।
यस्ताे बन्याे कार्यसमिति
अधिवेशनबाट दिलिप कुमार पोख्रेलको अध्यक्षतामा नयाँ समिति बनेको छ ।





