काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर २ का सबै वडामा वडा सभापतिसहितको नेतृत्व सर्वसम्मत चयन भएको छ। क्षेत्रीय प्रतिनिधिसमेत सहमतिमै चयन गरिएको क्षेत्रीय सभापति कविर शर्माले जानकारी दिएका छन्। शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका र काठमाडौं महानगरपालिकाका गरी क्षेत्र नम्बर २ अन्तर्गतका १७ वटै वडामा वडा सभापति सर्वसम्मत चयन भएका हुन्।

क्षेत्रीय सभापति शर्माले १५औँ महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा र नयाँ सोच ल्याउँदै संगठनलाई थप एकताबद्ध तथा लोकतान्त्रिक संस्कारलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। ‘१५औँ महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा, नयाँ सोच, एकता र लोकतान्त्रिक संस्कारलाई अझ मजबुत बनाउँदै जनताको भरोसा थप उचाइमा पुर्याओस्,’ शर्माले भने। उनले संगठनलाई अझ सुदृढ, गतिशील र जुझारु बनाउन महत्वपूर्ण जिम्मेवारी पाएका सम्पूर्ण वडा कार्यसमितिका पदाधिकारी तथा सदस्य र निर्विरोध निर्वाचित क्षेत्रीय प्रतिनिधिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

काठमाडौं–२ मा निर्विरोध चयन भएका वडा सभापति
शंखरापुर नगरपालिका

१. केशव लामिछाने
२.रनबहादुर थिङ
३.षडकुमार खतिवडा
४.जीवन स्याङ्तान
५.प्रदीप थापा
६.द्वारिकानाथ श्रेष्ठ
७.गगन रन्जित
८.मनराम घ्लान
९.श्रीकृष्ण खड्का

कागेश्वरी मनोहरा नगरपालिका
४. राम भंडेल
५.निलाम्बर घिमिरे
६.रोशन खनाल
७.रञ्जन न्यौपाने
८.मुक्ति दाहाल
९.उदयबहादुर कार्की

काठमाडौं महानगरपालिका
९. सन्तोष गिरी
३२. विनायक लामिछाने

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको