काठमाडौं : नेपाली कांग्रेस सांसद सीता थपलिया ९उर्मिला० ले विगतमा सरकारविरुद्ध स्टाटस लेखेर डलर कमाउनेहरुले अहिले सत्तामा बसेर जनताको स्टाटस नबुझेको बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारमा रहेकाहरूले जनताको अवस्था बुझ्न नसकेको बताइन् ।‘सत्ता, शक्ति, अनुहार सबै परिवर्तन भए तर आज पनि नागरिकको जनजीवन उस्तै छ’, उनले भनिन्, हिजो सरकारका विरुद्ध स्टाटस लेखेर डलर कमाउँदै भ्रम र आश्वासन बाँड्नेहरूले आज किन जनताका स्टाटस बुझ्ने हिम्मत नराखेको ?’ जनताले सरकारबाट शब्द नभई कर्म र जवाफ खोजिरहेको उनको भनाइ थियो । थपलियाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० द्वारा सञ्चालित समाचार बुलेटिनमा जनताका दुःखका विषय नसमेटिएकामा प्रश्न उठाइन् ।

‘फेसबुकमा गुड जब लेख्न नसक्ने श्रमिक पनि नेपाली हुन् भन्ने अनुभूति सरकारलाई छ कि छैन रु किन भुइँमान्छेहरू महँगीको मारमा परेको समाचार किन पढ्दैन सत्ता पक्षको समाचार बुलेटिनमा ?  किन रोजगारीको अवसरबाट बञ्चित सर्वसाधारणको समाचार वाचन हुँदैन ?’, उनले भनिन् ।

रास्वपाको आधिकारिक सामाजिक सञ्जालमा प्रतिनिधिसभा सदस्य रिमा विश्वकर्माले बाचन गरेको सरकार पक्षीय समाचार बुलेटिन पोष्ट हुँदै आएको छ ।उनले धादिङस्थित त्रिशूली नदीमाथि रहेको फुर्के खोलाको पक्की पुल बाढीले बगाएको २८ दिन भइसकेको र पटक पटक सदनबाट घच्घच्याउँदा पनि सरकार बेखबर रहेको बताइन् ।

‘सरकारका लागि यो सामान्य पुल होला, तर त्रिशूलीपारिका ८ वटा पालिका, धादिङ सदरमुकाम र उत्तरी गोरखाका लाखौँ नागरिकका लागि यो अत्यन्तै महत्त्वपूर्ण सडक हो । यो पुल हाम्रो शरीरको मेरुदण्डजस्तै हो’, थपलियाले भनिन्, ‘मेरुदण्ड भाँचिएपछि शरीर नचलेजस्तै यो पुल नहुँदा आज समग्र धादिङको जनजीवन प्रभावित हुन पुगेको छ । यसतर्फ सरकारको छिटो ध्यान जाओस् ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको