काठमाडौं । नेपाली जडीबुटी तथा आयुर्वेदजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार तथा व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले थाइल्यान्डमा बि टु बी बैठक तथा व्यवसायिक छलफल कार्यक्रम गत भदौ ३ गते सम्पन्न गरियो । जडीबुटी व्यवसायी संघ नेपालसँग आबद्ध विभिन्न जडीबुटी व्यवसायी तथा उद्यमीहरूको सहभागितामा नेपालका मौलिक जडीबुटी, आयुर्वेदिक औषधि, कस्मेटिक तथा सुगन्धित तेललगायतका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने विषयमा छलफल गर्ने उद्देश्य राखिएको छ।

जडिबुटी नेपाल संघका अध्यक्ष विष्णु भण्डारीका अनुसार नेपाली व्यवसायीहरूले हिमाली तथा पहाडी क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी संकलन, प्रशोधन, प्याकेजिङ तथा स्वदेश तथा विदेशमा बिक्री–वितरण गर्दै आएका छन्। नेपालमा पाइने यार्सागुम्बा, गुच्ची च्याउ, रातो च्याउ, टिमुर, अलैंची, चिराइतो, कुट्की, सतुवा, जटामसी, निरमसी, वन लसुनलगायतका जडीबुटी तथा तिनबाट उत्पादित सुगन्धित तेल र आयुर्वेदिक सामग्रीलाई विदेशी बजारमा विस्तार गर्ने संघको उद्देश्य रहेको जनाइएको छ।

बि टु बी बैठकका क्रममा नेपाली जडीबुटी व्यवसायी र थाइल्यान्डमा रहेका व्यवसायी तथा सम्बन्धित पक्षबीच व्यापारिक सहकार्य, बजार विस्तार, उत्पादनको बजारीकरण, आयात–निर्यात तथा लगानीका सम्भावनाबारे छलफल गर्ने तयारी गरिएको छ। नेपालका जैविक तथा प्राकृतिक उत्पादनलाई विश्व बजारमा चिनाउन यस्ता व्यवसायिक भेटघाट महत्वपूर्ण हुने संघले जनाएको छ।

यस कार्यक्रममा नेपालका विभिन्न जडीबुटी तथा आयुर्वेद व्यवसायमा संलग्न व्यवसायीहरूको सहभागिता रहेको छ। सहभागी व्यवसायीहरूले जडीबुटी कच्चा पदार्थ, सुगन्धित तेल, आयुर्वेदिक औषधि, कस्मेटिक सामग्री, हर्बल उत्पादन तथा अन्य प्राकृतिक उत्पादनको उत्पादन, संकलन, प्रशोधन र निर्यात गर्दै आएका छन्।

कार्यक्रममा सहभागी संस्थाहरूमा न्यू भण्डारी ट्रेडर्स, (बिष्णु भण्डारी ) महालक्ष्मी आयुर्वेदिक औषधि उद्योग प्रा।लि।, (अजय धौब्डेल) श्री कन्हैया स्टोर, नवराज शार्मा सेती देवी इन्टरप्राइजेज सप्लायर्स, (बिक्रम कुँवर) गोपाल केन्सी स्टोर एन्ड सप्लायर्स, गोपाल चौलागाई) कर्णाली अर्गानिक जडीबुटी सप्लायर्स, (गोबिन्द गीरी) सारदा मेटल इन्डस्ट्रिज, (बास्देव गुप्ता) राधा कृष्ण हर्बल स्टोर, (कृष्ण प्रसाद बन्जारा) हर्ब्स एन्ड अर्गानिक प्रा।लि।, (लोब्साङ शेर्पा) जम्बाला हर्बल प्रा।लि। (धनबहादुर लामा) ओम कामना स्टोर एण्ड सप्लार्युस (पन्च रत्न ज्यापु) ओम नमो बुद्द कृषि फर्म (कृष्ण राज तिमिल्सिना) लक्ष्मी माता दुध डेरी (हरिशरण सापकोटा) पत्रकार रामचन्द्र दुलाल लगायत संस्था तथाहरु रहेका छन्। यस कार्यक्रमा सहभागीहरुलाई थाइल्यान्ड राजदुतावका महामहीम राजदुत धनबहादुर ओली ज्यूले सम्मान तथा मायाको चिनो समेत प्रदान गर्नू भएको थियो ।

यी व्यवसायीहरूले नेपालका विभिन्न हिमाली तथा पहाडी क्षेत्रबाट संकलित जडीबुटी तथा प्राकृतिक कच्चा पदार्थलाई प्रशोधन र प्याकेजिङ गरी नेपालका साथै भारत, चीन, थाइल्यान्ड, अमेरिका, युरोप, जापानलगायतका बजारमा पुर्‍याउँदै आएको विवरण कार्यक्रममा प्रस्तुत गरिएको छ।

संघले नेपालमा उपलब्ध बहुमूल्य जडीबुटीको व्यवस्थित उत्पादन, संकलन, प्रशोधन र अन्तर्राष्ट्रिय बजारीकरणमार्फत नेपाली जडीबुटी व्यवसायलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन आवश्यक रहेको जनाएको छ। साथै सरकारी निकाय, नेपाली दूतावास तथा विदेशी व्यवसायीहरूसँग समन्वय गरी नेपाली उत्पादनका लागि नयाँ बजार खोज्ने र व्यापारिक सम्बन्ध विस्तार गर्ने योजना रहेको बताइएको छ।

कार्यक्रमका अवसरमा थाइल्यान्डस्थित नेपाली दूतावाससँग समन्वय तथा सहयोगका लागि अनुरोध समेत गरिएको छ। नेपाली जडीबुटी तथा आयुर्वेद व्यवसायको प्रवर्द्धनमा योगदान पुर्‍याउने व्यवसायी तथा संस्थालाई सम्मान गर्ने कार्यक्रमसमेत अघि बढाइएको संघले जनाएको छ।

यस कार्यक्रमको मुख्य योजकार तथा संयोजक ओपनखबर मिडिया प्रा लि का संचालक मोहन कृष्ण अधिकारीले नेपालमा प्रशस्त मात्रामा उपलब्ध जडीबुटीलाई कच्चा पदार्थका रूपमा मात्र नभई प्रशोधन गरी उच्च मूल्यका उत्पादनमा रूपान्तरण गर्न सके यस क्षेत्रबाट ठूलो आर्थिक सम्भावना सिर्जना गर्न सकिने बताए। अन्तर्राष्ट्रिय बजारमा नेपाली जडीबुटीको पहिचान स्थापित गर्न व्यवसायी, सरकार र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ भने आगामी दिनमा पनि नेपाल बाट उत्पादिन जडिबुटी तथा अन्य उत्पादनको अन्तराष्टीय यस्ता कार्यक्रमहरु गर्दै जाने र यस्था कार्यक्रमा नेपाल सरकारको ठुलो सहयोगको अपेक्षा समेत रहेको कुरा संचालक मोहन कृष्ण अधिकारीले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको