काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले उपस्थित हुन बोलाएपछि यसले राजनीतिक तथा पत्रकारिता वृत्तमा चासो बढाएको छ। पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा ब्युरोले शिवाकोटीलाई बोलाएको हो।

कांग्रेसको आधिकारिकता विवादका बेला काठमाडौं पार्टी डटकमले प्रहरी हिरासतमा रहेका भनिएका बिचौलिया इनम सापकोटाको बयान भन्दै सभापति गगनकुमार थापाको नामसमेत जोडेर समाचार प्रकाशित गरेको थियो। उक्त समाचार र त्यसमा आधारित अडियो सार्वजनिक भएपछि कांग्रेसभित्र र बाहिर राजनीतिक बहस चर्किएको थियो।

यसैबीच, शिवाकोटीले सार्वजनिक भएको अडियो र त्यसको विश्वसनीयतामाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए। समाचारका असन्तुष्टि भए उपचार खाेजणन सकिने भएपछि व्यक्तिगत लाञ्झना लगाएकाे भन्दै खड्का साइबर ब्यूराे पुगेका थिए ।

पत्रकारको निजी विषय उठाएपछि उजुरी

काठमाडौं पार्टी अनलाइनका अध्यक्षसमेत रहेका पत्रकार रोशन खड्काबारे शिवाकोटीले सामाजिक सञ्जालमा व्यक्तिगत विषय जोडेर स्टाटस लेखेका थिए। उक्त स्टाटसमा खड्काको दाइजो र उनकी श्रीमतीसँग सम्बन्धित विषय उठाइएको थियो।त्यसपछि खड्काले शिवाकोटीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको बताइएको छ।

यसअघि शिवाकोटीले सामाजिक सञ्जालमै खड्काको भनाइको विश्वसनीयतामाथि प्रश्न उठाएका थिए। इनम सापकोटाको भनिएको बयानसम्बन्धी समाचार प्रकाशित गर्ने पत्रकारकै विषयमा व्यक्तिगत टिप्पणी गरेपछि विवाद थप सार्वजनिक भएको थियो।

ब्युरोले के भन्यो ?
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले शिवाकोटीलाई कार्यालयमा उपस्थित हुन भनिएको पुष्टि गरेका छन्। उनका अनुसार शिवाकोटीविरुद्ध केही उजुरी परेका छन्। तर उजुरीको विस्तृत विवरण भने उनले सार्वजनिक गरेका छैनन्।

काठमाडौं बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोनमार्फत ब्युरोमा उपस्थित हुन भनिएको थियो। उनले आफू काठमाडौं फर्केर ब्युरोमा उपस्थित हुने बताएका थिए। आइतबार ब्यूराेले बाेलाएकाे शिवाकोटीले पनि पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको