काठमाडौं :पत्रकार रनेशन खड्काविरुद्ध व्यक्तिगत आराेप लगाउने स्टाटस फेसबुकमा लेखेपछि विवादमा तानिएका कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले अबदेखि भ्रामक कुरा नलेख्ने लिखित कागज गरेका छन् ।आईतबार नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएका उनले काठमाण्डुपाटी अनलाइनका सञ्चालक रोशन खड्काबारे लेखेको कुरामा लिखित माफी मागेकाे काठमााण्डुपाटीमा समाचार छ ।
उनले बिचौलिया इनम सापकोटा र नेपाली कांग्रेसको सम्बन्धबारे लेखिएको समाचारलाई लिएर खड्कामाथि व्यक्तिगत रूपमा सामाजिक सञ्जालबाट लाञ्छित गरेका थिए ।
‘मैले उहाँलाई लक्षित गरेर, लाञ्छित गरेर कपोलकल्पित र भ्रामक कुरा लेखेर गल्ती गरेँ र मैले फेसबूकमा लेखेको त्यो कुरा सम्पादन गर्छु । सार्वजनिक रूपमा माफी माग्छु,’ उनले साइबर ब्युरोमा लिखित सहमतिमा भनेका छन्, ‘आगामी दिनमा यस्ता किसिमका टिका टिप्पणी गरेँ भने सजाय भोग्छु ।’





