मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
महत्वपुर्ण उपलव्धी हासिल गर्न सकिनेछ। आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुदा मन प्रशन्न रहनेछ। सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ। अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा बृद्धि भएर जानेछ। नतिजा आफैतिर ल्याउँन सकिनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। घरमा बसेर अध्ययन गरि बौद्धिक क्षेत्र फराकिलो बनाउँन सकिनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् । अरूको भरले मात्र काम पूरा नहुन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ। माया प्रेममा रमाउँन चाहनेहरुका लागी समय राम्रो रहेकोछ। तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पढाइ लेखाइमा भनजस्तो सफलता प्राप्त गर्न सकिनेछ। कृषि तथा पशुपालन व्यावसायमा लगानी गर्दा आउँने दिनमा भनेजस्तो आम्दानी गर्न सकनेछ। तरपनि तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पशुपालनमा गरीएको लगानीबाट आम्दानी हुनेछ। अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ। आमा वा आमा सरहका मानिससँग सँगै बसेर समय व्यातित हुनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
खर्च बढेर जानेछ। दिदि बहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ। भौतिक सम्पती तथा रुपैया पैसा हराउँन तथा लुटिन सक्छ ध्यान दिनुहोला।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। भौतिक साधनले काममा सहजता ल्याउनेछ। व्यापार बढ्नाले मनग्य लाभ हुनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
ठुला वडाको आशिर्वादले अगाडी बढ्न सहज हुनेछ। परिवारमा मेलमिलावको भाव बढ्नेछ भने एक अर्का विच आत्मियता बृद्धि भएर जानेछ। मामा तथा मावली पक्षका मानिस सँग भेटघाट हुने हुनालेमन प्रशन्न रहनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ। बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछी पारी आफू अगाडी बढ्ने समय रहेको छ। तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको