काठमाडौं : नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सञ्जीव श्रेष्ठलाई समितिको सभापतिमा सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।

अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समिति संयोजक डा. शशांक कोइरालाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको सभापतित्व जनसम्पर्क समिति अमेरिका संयोजक प्रमोद सिटौलाले गर्नुभएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि देउवाले विदेशमा रहेर पनि नेपालीहरूले मातृभूमिको सेवा र देशको उन्नतिमा निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभयो। उहाँले विदेशमा रहेका नेपालीहरूको देशप्रतिको माया, सद्भाव र सहयोगप्रति विश्वास व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि डा. शशांक कोइरालाले नेपाली कांग्रेसले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका सबै महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको उल्लेख गर्दै इतिहासले दिएको गौरव र जिम्मेवारीलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले नेपालको समृद्धिको यात्रामा अमेरिकामा रहेका नेपालीहरूको साथ र सहयोग महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दै पार्टीभित्र बृहत् एकता कायम गरी कांग्रेसलाई अझ बलियो र सशक्त पार्टी बनाउन सबैलाई आग्रह गर्नुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू जितजंग बस्नेत, किरण पौडेल, रणबहादुर रावल, लक्ष्मी खतिवडालगायत जनसम्पर्क समिति अमेरिकाका नेताहरूले पनि आफ्नो धारणा राख्नुभएको थियो।

अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति

तेस्रो अधिवेशनबाट सञ्जीव श्रेष्ठ सभापतिमा निर्वाचित हुनुभएको छ। त्यस्तै, उपसभापतिमा फिलिप केसी र अविनाश नायक निर्वाचित हुनुभएको छ। महामन्त्रीमा विनोद गौली, इन्द्र सिटौला, प्रेमकाजी श्रेष्ठ र रामबहादुर देउवा निर्वाचित हुनुभएको छ।

सह-महामन्त्रीमा शलिन बस्नेत र शिव ढकाल तथा भरतराज जोशी, दीपा कार्की र श्याम यादव निर्वाचित हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा वाजिन्द्र राना, विनोद शाह, जोश निदल, जोशम श्रेष्ठ, मिसन भट्टराई, नवराज भट्ट, पार्वती उपाध्याय, राधा ग्यावाली, राजकुमार श्रेष्ठ, राम ढकाल, रेनु बम्जन, उमा थापा र विश्व लामा निर्वाचित हुनुभएको छ।

महाधिवेशन प्रतिनिधि चयन

अधिवेशनले विनोद गौली, चित्र कार्की, सीपी पौडेल, दीपादेवी ऐर, डा. विनोद शाह, जितेन्द्र गुरुङ, नवराज भट्ट, प्रमोद सिटौला, पुरुषोत्तम ढकाल, राजु शाह, रामप्रसाद अधिकारी, लम्साल र सुमित्रा योञ्जनलाई सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ।

अमेरिकामा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई एकताबद्ध गर्दै पार्टीको संगठन विस्तार, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र नेपालको समृद्धिमा प्रवासी नेपालीको भूमिका थप प्रभावकारी बनाउने अपेक्षासहित अधिवेशन सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको