काठमाडौं : नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पार्टीलाई एकताबद्ध हुन नदिन सर्वोच्च अदालतले भूमिका खेलेको आरोप लगाउनुभएको छ।
नेपाल प्रेस युनियनले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महरले कांग्रेसभित्रको विवादलाई थप गहिरो बनाउने र अरू कसैलाई सहयोग पुग्ने गरी अदालतले समयमै न्याय सम्पादन नगरेको आरोप लगाउनुभयो।
ऐतिहासिक लोकतान्त्रिक विरासत बोकेको पार्टीको भविष्यसँग अदालतले खेलवाड गर्न खोजेको उहाँको भनाइ थियो। अदालतको निर्णय आएपछि मात्रै पार्टी एकताबद्ध भएर अघि बढ्न सक्ने बताउँदै महरले नेपाली कांग्रेसलाई विभाजित राख्ने कुनै पनि सुनियोजित षड्यन्त्रमा अदालत सहभागी हुन नहुने धारणा व्यक्त गर्नुभयो।
अर्को प्रसंगमा बोल्दै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमको वर्तमान र सुदूरपश्चिमको सुदुर भविश्य संग जोडिएकाले यसको संचालन र ब्यबस्थापनमा पटक पटक अनेकौं उल्झन ल्याउन हर्कत हुदै आएकोले यस्ता षड्यन्त्रको पर्दाफास गर्नु पर्ने बताउदै महर ले विश्वविद्यालय कुनै व्यक्तिको निजी संस्था होइन। यो सुदूरपश्चिमका जनताको सपना र राष्ट्रिय महत्त्वको सार्वजनिक संस्था हो। यसको स्वायत्तता, गरिमा र संस्थागत स्थायित्वको संरक्षण गर्नु राज्यको दायित्व हो।
नेता महले अगाडी भन्नु भयो ” राष्ट्रिय स्वतन्त्र पार्टीले जनतासँग चुनावका वेला गरेका बाचा वर्तमान सरकारले कार्यान्वयन हुदै गएको वा नगएको बारे सर्टटम एसिस्टमेन्ट गर्ने वेला भएको छ । जलवायु परिवर्तन जस्तो मुद्दालाई कोप जस्तो अन्तर्राष्ट्रिय सम्मेलनमा मुल मुद्दाका रुपमा प्रवेश गराउ नसक्नुले सरकार वैदेशिक सम्बनध प्रगाढ बनाउन चुकेको देखिन्छ महरको भनाई थियो ।





