काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको नियमित महाधिवेशन पक्षधरको लुम्बिनी प्रदेश अधिवेशन आगामी मंसिर ७ गते दाङको भालुवाङमा हुने भएको छ । पार्टीको आज सम्पन्न बैठकले २०८३ मंसिर ७ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको प्युठान जिल्ला सभापति देवेन्द्र बर्माले जानकारी दिएका छन् ।

उनका अनुसार अधिवेशनमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पन्ध्रौँ नियमित महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालालगायतका नेताहरूको उपस्थिति रहनेछ । बैठकले अधिवेशन भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको पनि बर्माले बताएका छन् ।

कांग्रेसभित्र पार्टीको आधिकारिकता र नेतृत्वलाई लिएर विवाद चर्किएपछि अहिले समानान्तर रूपमा पार्टी गतिविधि सञ्चालन भइरहेका छन् । गगन थापा नेतृत्वको समूहले यसअघि नै विशेष महाधिवेशनमार्फत आफ्नो महाधिवेशन सम्पन्न गरिसकेको छ ।

थापा नेतृत्वको समूहले केन्द्रीय महाधिवेशन सम्पन्न गरे पनि प्रदेश र जिल्ला तहका अधिवेशन गर्न बाँकी छ । यता देउवा पक्षले पनि पार्टीका विभिन्न तहमा आफ्नै ढंगले अधिवेशन प्रक्रिया अघि बढाइरहेको छ । लुम्बिनी प्रदेशमा मंसिर ७ गते अधिवेशन गर्ने देउवा पक्षको निर्णयलाई कांग्रेसभित्र जारी समानान्तर संगठनात्मक गतिविधिकै निरन्तरताका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको