मोरङ, १६ असोज । एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन्।

प्रदेशको प्रथम अधिवेशनको मंगलबार बिहान सार्वजनिक गरिएको मतपरिणाम अनुसार उनले पाँच सय १२ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी विनोद ढकालले चार सय ३० मत ल्याए।

यस्तै सचिवमा राजकुमार भण्डारी र उपसचिवद्वयमा जलवर्षा राजवंशी र देवान राई निर्वाचित भएका छन्। उपाध्यक्षमा टीकाराम चेम्जोङ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर