काठमाडौं, ५ असोज । आन्दोलनरत शिक्षक र सरकार बिचमा आज पनि बार्ता हुने भएको छ ।

गत असोज ३ देखी देशैभरीका शिक्षक जम्मा भएर काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरुलाई बार्तामा बोलाएर समाधान खोज्न खोजेको हो ।

हिजो बिहान र साँझ भएको बार्ता असफल भए पछि आज पनि बार्ता हुन लागेको हो । सो बार्ता आज बिहान ८ बजे हुने जनाईएको छ। सरकार र शिक्षक संगठनका बिचमा पटक पटक बार्ता भए पनि निष्कर्षविहीन हुदैँ आएको छ ।

उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षक संगठनका प्रतिनिधिहरुका बिचमा बार्ता भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले हिजोको बार्ता सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा सरकार आशावादी रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर