काठमाडौं। अमेरिकाको ओहायोमा बस्दै आएका गीतकार रुपेश शर्माको नयाँ गीत ‘मायाको चिनो’ सार्वजनिक भएको छ। आर क्युब इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा प्रेमकथालाई प्रस्तुत गरिएको छ।

गीतमा सिडी विजय अधिकारी र मनीषा राईको स्वर छ। संगीत सिडी विजय अधिकारीको हो भने म्युजिक प्रोडक्सन, मिक्सिङ तथा मास्टरिङ पुष्कर खत्रीले गरेका छन्। सिडी विजय अधिकारी र मनीषा राई श्रीमान–श्रीमती हुन्।

भिडियोमा रुपेश शर्मा, रुकमिना तिम्सिना र सुरवीर पण्डितले अभिनय गरेका छन्। प्रेममा रहेका दुई पात्रले मायाको चिनोका रूपमा औँठी र रुमाल साटासाट गर्ने कथालाई भिडियोले चित्रण गरेको छ।

भिडियोको निर्देशन तथा कोरियोग्राफी सन्तोष राजबाहकले गरेका हुन्। छायांकन रामकुमार केसी, सम्पादन तथा कलर ग्रेडिङ कल्पेश विश्वकर्मा, मेकअप गीत तामाङ, ग्रुप लिडर राजाराम सिंखडा तथा सहायक निर्देशन राहुल अधिकारीको रहेको छ। भिडियोको पोस्ट–प्रोडक्सन एन अल्फा स्टुडियोमा गरिएको हो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको