काठमाडौँ । उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को छायांकन सम्पन्न भएको छ । एक महिने सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्मको छायांकन निर्धारित सेड्युलअनुसार नै सम्पन्न भएको निर्मात्री शर्मिला थापाले जानकारी दिईन् । उनको अनुसार फिल्मको छायांकन काठमाडौँ उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासमा गरिएको हो ।

उनले फिल्मको इन्डक्ल्याप समारोहमा फिल्मका एक प्राविधिक अर्जुन घिमिरेलाई नगद राशि ५१ हजार रुपैयाँ सहयोग गरेकी छिन् । ‘आशा’ मा प्राविधिक टिममा रहेर स्पोटब्वाईका रुपमा काम गरिरहेका प्राविधिक अर्जुनको श्रीमती ‘ब्लड क्यान्सर’ बाट पिडित रहेको जानकारी पाएपछि पारिश्रमिक बाहेक उपचारका लागि उक्त रकम सहयोग गरेकी थिइन् ।

उक्त रकम ग्रहण गर्दै प्राविधिक घिमिरेले निर्माण टिमलाई धन्यवाद दिए । ‘यहाँ काम गरेकै पैसा समयमा पाइदैन, तर छायांकन सकिए लगत्तै मैले पाएको अतिरिक्त सहयोगका लागि आभारी छु । निर्मात्री थापालाई धन्यवाद’, उनले भने ।

फिल्ममा शुशांक मैनाली, महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी बालकलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारी लगायतको अभिनय रहेको छ । फिल्ममा कथा तथा निर्देशन राजिव गुरुङको रहेको छ । आगामी माघेसंक्रान्तिको अवसर पारेर माघ १ मा प्रदर्शन हुने फिल्मलाई रीच इन्टरटेन्मेन्टले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको