प्रधानमन्त्री ओलीले देख्नुभएकाे `सुखी नेपाली समृद्ध नेपाल´काे सपना पूरा गर्छु

काठमाडौं : अनेरास्ववियुको २४ औँ महाधिवेशन जेठ २५ देखि २८ गतेसम्म काठमाडौँमा हुँदैछ । अधिवेशनकाे मिति तय भएसँगैअहिले नेतृत्वकाे चर्चा छ । ३२ वर्षे उमर हद लागपछि केही दाबेदार बाहिरिएसँगै वर्तमानका पदाधिकारी बलियाे दाबेदरका रूपमा देखिएका छन् ।

अनेरास्ववियुकि सचिव आरती भट्टराईले अध्यक्षका लागि सक्रियता बढाउँदै आफ्नाे दाबेदारी बलियाे बनाइरहेकी छन् । उनलाई अनेरास्ववियुकाे भावी अध्यक्षका रूपमा हेरिएकाे छ । भट्टराई आफ्नाे उमेदवारी विद्यार्थी आन्दोलनलाई समयानुकूल बनाउन र शिक्षामा रूपान्तरणका लागि हुने तर्क गर्छिन् ।
`हाम्रो पार्टीका श्रद्देय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देख्नु भएको सपना सुखी नेपाली र समृद्ध नेपालको हो । त्यो समपना साकार पार्ने दूरदृष्टी सहितको नेतृत्वलाई बोक्ने योग्य जनशक्ति चाहिन्छ,´ अध्यक्षकाे दाबेदार आरती भन्छिन् ,`खोज, अनुसन्धान मार्फत योग्य विद्यार्थी अहिलेको विद्यार्थी आन्दोलनको मुल आवश्यकता हो ।विश्वविद्यालयहरूलाई सैद्दान्तिक शिक्षालय मात्र होइन, इन्टर्नसिप सहितको सीप हस्तान्तरण केन्द्र बनाउनु
पर्छ र त्यसको नेतृत्व म गर्ने सक्छु ।´आरती अहिले अध्यक्षका लागि देशैभरका कार्यकर्ता भेटघाटमा व्यस्त छिन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको