काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताउनु भएको छ। बुधबार नेपाली कांग्रेसको शिक्षा विभागको आयोजनामा शिक्षा नीति बहस अन्तर्गत ञविद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकारझ विषयक विमर्श कार्यक्रम बोल्दै उपप्रधानमन्त्री सिंहले समाजलाई असल बाटोमा डोर्याउने जगनै शिक्षा भएको बताउनुभयो।

राम्रो शिक्षा दिन सके समाजमा जिम्मेवार, असल नागरिक उत्पादन हुने उहाँको भनाई छ। शिक्षाले नै समाजलाई परिवर्तनको बाटो लैजाने सिंहले बताउनुभयो । त्यस्तै उहाँले नेपालमा शिक्षाको लहर ०७ सालको क्रान्तिपछि आएको भन्दै उहाँले अब समयअनुकूलको शिक्षा दिन सक्नुपर्ने धारणा राख्नुभयो। अहिले शिक्षाको धेरै अधिकार स्थानीय तहमा रहेको भन्दै शिक्षा विधेयकलाई थप प्रभावकारी बनाउन सरोकारवालाहरूको सुझाव महत्वपुर्ण हुने बताउनुभयो।
कार्यक्रममा नगर प्रमुख र उपप्रमेखहरूले शिक्षा विधेयमाथि पालिकाको धारणा र सुझाव राखेका छन्।

विभागका प्रमुख नैनसिंह महरले स्थानीय तहका प्रमुख, उपप्रमुखले शिक्षा विधेयकमा दिएको सुझाव पार्टीलाई दिँदै शिक्षा विधेयकमा उहाँहरूको सुझाव समेट्नका लागि विभागले विमर्श कार्यक्रम आयोजना गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर