
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ शङखरापुर नगरपालिकास्थित शाली नदीमा पौष शुक्ल पूर्णिमादेखि जारीस्वस्थानी व्रत कथा अन्र्तगतको माधवनारायण मेलामा आइतबार बिहान सहभागी भएका छन्।
आइतबार बिहान शाली नदीको मेलामा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवम पूजा अर्चना गर्नकासाथै शालीनदीमा जल अभिषेक गरे। साथै, राष्ट्रपति पौडेलले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवम पूजा अर्चना गरे।
बज्रयोगिनी मन्दिर पुग्नुहुँदा शङखरापुर ८ का वडाअध्यक्ष पोटे थिङ र ४ का वडाअध्यक्ष सुनाबहादुर तामाङलगायत स्थानीयवासीले स्वागत गरेका थिए। सो अवसरमा राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि खुशीको विषय रहेको बताए।
उनले ले भृकुटी र स्रङचङ गम्पोसँगको ऐतिहासिक महत्व जोडिएको बज्रयोगिनी र धार्मिक एवम ऐतिहाकिस महत्वको शाली नदी क्षेत्रको विकासको लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गरे।
सो अवसरमा सांसद र नगरप्रमुख एवम उपप्रमुखलगायतका जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको क्षेत्र भएपनि बज्रयोगिनी मन्दिर भग्नावशेषको अवस्थाका रुपमा रहेको, शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुननिर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गरे। उनले राष्ट्रप्रमुखको भ्रमणपछि पुननिर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास व्यक्त गरे।