काठमाडौँ, ४ असोज । नेपाली कांग्रेसले ८ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक) केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् ।
यस्तै किरणराज शर्मा पौडेल(बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) रहेका छन् ।
०७८ मा भएको १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवाले विधानअनुसार महाधिवेशन भएको छ महिनाभित्र ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्ने हो । तर देउवाले १९ महिनापछि मात्रै केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।




