![](https://hulakpost.com/wp-content/uploads/2023/09/balen_shah-4.jpg)
काठमाडौं, १७ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरपालिकाका कुनै पनि गाडी सरकारबाट रोकिए सिंहदरबारमा आगो लगाईदिने चेतावनी दिएका छन् ।
उनले आजपनि आफ्नो महानगरपालिकाका गाडी सरकारबाट रोकिएको संकेत गरेका छन् । उनले आजको लागि केही भएन भन्दै भोलिबाट महानगरका कुनैनि गाडी सरकारबाट रोकिए भने सिंहदरबार आगो लगाउने चेतावनी दिएका हुन् । उनले फेशबुकमा भर्खरै सरकारलाई चेतावनी दिँदै यस्तो पोष्ट गरेका छन् ।
उनले लेखेका छन्-
आजको लागी केहि भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।