काठमाडौं, १४ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि नगर प्रहरीजस्तै विना दबाब काम गर्न सक्नुपर्ने धारणा राखेका छन् ।

बिहीबार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न प्रहरीलाई निर्देशन दिएका हुन् । उनले संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर काम गर्न पनि आग्रह गरे । उनले नगर प्रहरीलाई हिम्मतले काम गर्न पनि आग्रह गरे ।

‘हाम्रो नगर प्रहरी बलले कुनै पनि नातावाद, कृपावाद र कुनै पनि राजनीतिक दबाबबिना काम गरिरहेको छ। सुशासनको लागि कुनै पनि राजनीतिक दबाब बिना नै काम गर्न सफल भएको छ’, उनले भने।

उनले महानगरपालिकाले १५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा लागेको र अवैधानिक संरचनाहरू हटाएर सुशासन कायम गराउन लागेको उल्लेख गर्दै यस काममा नगर प्रहरीको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको