काठमाडौं– मोबाइल व्यवसायीहरुको छाता संस्था ताम्राकार मोबाइल व्यापार संघको अध्यक्षमा अनिल ढकाल निर्वाचित भएका छन् । आगामी दुई वर्षे कार्यकालका लागि ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । ढकाल यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए ।

न्युरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सकामा रहेका व्यवसायीहरूको संस्था संघमा ८५ बढी व्यवसायी आवद्ध छन् । १३ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भुवनरत्न तुलाधर र उपाध्यक्षमा निर्जसजङ्ग कार्की, सचिवमा रमण पराजुली, सह–सचिव र कोषाध्यक्षमा मोती कोइराला निर्वाचित भएका छन् । सचिवमा पराजुली र कोषाध्यक्षमा कोइराला दोहोरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको