काठमाडौँ :  कांग्रेस सांसद गीता गुरुङले सरकारलाई ओभरस्मार्ट नबन्न सचेत गराएकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारलाई ओभरस्मार्ट नबन्न उनले चेतावनी दिएकी हुन् ।

सरकार ‘स्मार्ट’ बन्ने नाममा ‘ओभरस्मार्ट’ हुन खोज्दा विद्यार्थीको भविष्यमाथि खेलबाड भएको टिप्पणी गर्दै उनले यस्ता विषयमा सरकारलाई सचेत रहन आग्रह गरेकी हुन् । कक्षा १२ को परीक्षा फलमा गम्भीर त्रुटि देखिएको भन्दै त्यसको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिन् । सांसद गुरुङले राष्ट्रिय परीक्षा बोर्डले हतारमा नतिजा सार्वजनिक गर्दा हजारौँ विद्यार्थी र अभिभावक मारमा परेको बताइन् ।

‘छिटो नतिजा सार्वजनिक गरेर स्मार्ट हुनु स्वागतयोग्य छ, तर नतिजाको शुद्धतामा नै असर गर्ने गरी प्रक्रियामा तोडमरोड गरिनु निन्दनीय छ । रिटोटलिङका नाममा विद्यार्थी लुट्ने काम बन्द गरियोस् र निःशुल्क पुनर्मूल्यांकन हुने व्यवस्था मिलाइयोस् । सभामुख महोदय, सरकार स्मार्ट बनोस्, त्यसमा हाम्रो सदैव शुभेच्छा छ, शुभकामना छ र साथ पनि छ । तर पटकपटक हरेक विषयमा प्रश्नै–प्रश्नले घेरीने गरेर सरकार ओभर स्मार्ट बन्न नलागोस् ।’

सरकारले करिब ३० दिनभित्रै नतिजा सार्वजनिक गर्नुलाई उपलब्धिका रूपमा व्याख्या गरे पनि सो निर्णय प्रत्युत्पादक बनेको उनको तर्क थियो । उनले माइतीघर मण्डलमा न्याय माग्दै आन्दोलनरत विद्यार्थीको मागमा ऐक्यबद्धतासमेत व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको