काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीको विरोधमा आज राजधानीमा विशेष प्रदर्शन हुने भएको छ। एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आज दिउँसो १ बजे माइतीघर मण्डलमा सशक्त विरोध कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
सचिव बस्नेतका अनुसार बालेन नेतृत्वको सरकारले ´अधिनायकवादी र निरंकुश शैली´ अपनाउँदै अध्यक्ष ओलीमाथि प्रतिशोधपूर्ण ढङ्गले गिरफ्तारी गरेको भन्दै त्यसको विरुद्धमा नेकपा एमाले बागमती प्रदेश कमिटीले यो प्रदर्शनको आह्वान गरेको हो।
एमालेले गृहमन्त्रीका गतिविधिहरूलाई समेत `अराजक´ को संज्ञा दिँदै सरकारको कार्यशैलीको कडा आलोचना गरेको छ। सचिव बस्नेतले पार्टीका सम्पूर्ण कार्यकर्ता र शुभचिन्तकहरूलाई आन्दोलनको मोर्चामा भेटौ भन्दै उक्त प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् ।
देशको प्रमुख प्रतिपक्षी दलका नेता पक्राउ परेपछि विकसित राजनीतिक घटनाक्रमले राजधानीको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ।



