अमृत ज्ञवाली । म ब्यक्तिका निजि काम र मामिलाको बिषयमा केही टिप्पणी गर्दै छैन र गर्दिन । उनिहरुको राजनितिक अधिकार र स्वतन्त्रताको पक्षपोषण गरि नै रहने छु ।
नेपाली मिडियाको सँकुचन सङै मिडिया स्पेसको बारेमा जे जस्तो छलफल हुनुपर्ने हो त्यो भै राखेको छैन ।दुनियाँलाई प्रश्न गरिरहेको मिडिया हरुको ” गुरुत्व” बारे प्रश्न गर्न सजिलो छैन । तर प्रश्न मिडियालाई र मिडियाकर्मीहरु लाई पनि सोध्नु पर्ने भै सकेको छ ।
नक्खु कारगारको ढोकैमा उभिएर खगेन्द्र सुनारले जे बोले , जस्तो बोले , जसरी बोले त्यो दुनियाँले हेर्यो होला । उनले नेपाली काङ्रेसका महामन्त्री गगन थापा माथि जुन खालको निम्न स्तरको आरोप लगाएर घाटिको नशा तन्काए,त्यो सफेद झुट हो ।
दलितको विषयमा गम्भीर अबाज लिएर एउटा दैलेखी काङ्रेस उभियो भन्ने लागेको त निराधार , प्रायोजित ,कपोकल्पित र अराजनितिक टिप्पणी गरेर नयाँ पार्टीको नयाँ सभापति कस्ता हुन्छन , नयाँ नेता कस्ता हुन्छन भनेर आफ्नै चिनारी दिए ।
खगेन्द्र सुनारले सार्बजनिक माफी मागुन र आफ्नो कण्ठ लाई नियन्त्रण गरुन । उनले अदालतहरुमा खेपिरहेका फरक फरक मुद्दा हरुको कारण मन्त्री हुन नपाएको भडास पोखिएको हो भने भन्नू केही छैन ।
फेरि हिजै हो अमरेश सिंहको कुरा हेरेको पनि । उनी पुर्ब काङ्रेस नेता हुन । अमरेश सिंहले पनि आफ्नो राजनिती गरे भै हाल्यो । तर उनले काङ्रेस भित्र भए गरेका विभिन्न अभियानहरुबाट अत्तलिएर राजनितिक मुद्दाहरु लाई निस्तेज गर्न गगन थापाको आर्थिक श्रोत माथि जसरी आफैलाइ लज्जाबोध हुने गरि आरोप लागाइरहेका छन र त्यो टेलिभिजनमा प्रसारित भै राखेको छ ।
अमरेश लाई त्यस्तो लागेकै हो भने त्यस्को कानुनी र प्रक्रियागत ढोकाहरु छन । गगन थापा ती ब्यक्ती हुन जसले आफै माथी छानबिन गर्न आहवान गरेका छन । सिंह आफैले फाइल बनाएर अड्डा गए भै हाल्यो ।
अमरेश सिंह जसलाइ आफुले बोलेको आफैलाइ झुटै हो भन्ने लाग्छ , त्यस्तो समाग्री प्रसारण गरेर कस्तो सुचना प्रवाह भै राखेको छ ?अमरेश सिंह हरुको अभिब्यक्तीले स्वतन्त्र नाममा जितेका प्रतिनिधि हरुको स्तर कस्तो हुन्छ भनेर चिनाइरहेको छैन त ?
अन्तिममा :अस्ति पनि रिपोर्टस क्लबमा कोहि बोल्दै थियो जस्ले गृह मन्त्री लाई , त त म म बोल्दै थिए । नेता हरुलाइ अपमान गर्दै थियो । र यिनै मान्छेहरु चुनाबका लोकप्रीय उमेदवार बन्दै छन ।लज्जास्पद पनि कुन हदको ।
दलहरु लाई लल्कार्ने नाममा , नागरिक हरु अचेत नबनौ । मिडियाका सबै सामग्री सत्य होइनन भन्ने बुझौ । दुनियाँ दिग्भ्रमीत गर्ने कामले कतै पत्रकारिता नै दिगभ्रमित हुँदै गएको त छैन ?
( ज्ञवाली कांग्रेस महासमिति सदस्य हुन्)



