झापा : झापा १ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस भएको छ।
क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले दिएको जानकारी अनुसार फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि महामन्त्री शर्माको नाम क्षेत्रीय समितिले सिफारिस गरेको हो।
महामन्त्री शर्मा २०७९ को निर्वाचनमा झापा १ बाट नै निर्वाचित भएका थिए। उनले एमालेका अग्नि खरेललाई पराजित गरेका थिए ।



