काठमाडौं : स्ववियु परिषदको अध्यक्षमा राेहित कपाली सर्वसम्मत अध्यक्ष चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आज सम्पन्न राष्ट्रिय अधिवेशनबाट कपाली अध्यक्षमा निर्विरोध निर्वाचित भएकाे निर्वाचन समितिले जनाएकाे छ । कपाली पाटन सयुक्त क्याम्पसका स्ववियु सभापति हुन्।
नेपाल विद्यार्थी सङ्घका तर्फबाट १४३ सभापति र ३३२ वटा क्याम्पसमा प्रतिनिधित्व रहेको छ । स्ववियु परिषद् नेविसंघकातर्फबाट स्ववियुमा रहेकाहरूकाे छाता संस्था हाे ।
हेर्नुस् यस्ताे बन्याे कार्यसमिति






