• अमृत ज्ञवाली

भनिएको छ कि संकल्प गर्नु । संकल्प पूरा गर्नु । यो धर्म हो । यस्लाइ डिटर्भिनेसन भनेर पनि भन्न सकिएला ।

समाज एक खालको अलमलमा छ । सबै क्षेत्रमा काम गरिरहेका मानिसहरु भय ग्रस्त छन । मान्छेका दैनिक देखि अल्पकालीन र दीर्घकालीन सोच र समस्या छ्न ।राजनितीक दल र नेताहरुले ती आम मान्छेका बारेमा रत्तिभर नबोली नसोची कसरी आफ्नो अस्तित्व छ भनी सम्झेका होलान ?

नेपाली काङ्ग्रेसका प्रती मानिस हरुको जुन खाल्को रुझान थियो र छ त्यो गुम्दै छ । किनकी जेन जि द्वारा सत्ताच्युत भएपश्चात् को ७५ दिन सम्म नेपालको सबै भन्दा ठूलो संगठित शक्ति पुर्णतया अनिर्णित छ । ठूलो सामुहिक चेतना लजाएको छ ।

निर्वाचनमा दलहरु जानू अपरिहार्य कुरा हो । यसमा प्रथम दिनमै पनि सायद छिटफुट केन्द्रिय सदस्य बाहेक सबैको समर्थन थियो होला ।

हिजै मैले काङ्रेसका एक नेतालाई सोधेको थिए , आठ लाख भन्दा धेरै नया मतदाता मध्य काङ्ग्रेसको अपिलले कति काम गर्यो । कति संख्या थपियो? यो गम्भीर प्रश्न थियो र हो । उनले इमानदार पुर्वक जे सत्य हो त्यै भने । सत्य दुनियाँलाई थाहा छ ।

मतदाता बिर्सेर , नागरिकका मुद्दा बिर्सेर , संकल्प गरेर मैदानमा हुन छोडेर मनको लड्डु घ्यु सङ्ग । नेपाली काङ्ग्रेस अहिलेको केन्द्रिय समितीको मात्र होइन , उहाँहरु यो अबधिको लागी निर्बाचित मात्र हो । नबिर्सिनु राम्रो यहि समितीमा हिजो अर्कै थिए , भोलि अरु कोहि आउनेछ ।

परिस्थिति जन्य निर्णय नगर्ने पार्टी । एकीकृत नेतृत्व दिन नसक्ने नेता । नदौडिने घोडा । बिष नभएको शर्प । प्रेमालाप नहुने जोडि । भारी नबोक्ने भरिया । मिठो नपकाउने भान्से । यो खालको प्रबृत्ति लाई सबैले बिचार गरेर बसेका हुन्छ्न ।

ढिलो भो । ढिलै भएता पनि । काङ्रेस केन्द्रिय समितीले प्रतिज्ञावाक्य बोलोस , हामी तत्काल बिशेष अधिबेसन गर्छौ , प्रक्रियाबाट आउने नेतृत्व मान्छौ ।

आर्तहरुको हृदयमा पुग्ने गरि भनौ ” नयाँ नेतृत्व दिनेछौ उसैले सम्हाल्नेछ पार्टी र हाक्नेछ देश ” । एति भन्न सक्दैनौ भने जाउ वानप्रस्थ , हामी चलाउछौ ।

( ज्ञवाली नेपाली कांग्रेस महासमिति सदस्य हुन्)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर