काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी निर्वाचनलाई पारदर्शी, सहज र सुरक्षित बनाउनका लागि मतदाता दर्ता प्रणालीमा सुधार आवश्यक रहेको बताएकाे छ । संघका अध्यक्ष दुजाङ शेर्पाकाे नेतृत्वमा गएकाे टाेलील निर्वाचनलाई पारदर्शी, सहज र सक्षित बनाउन ६ बुँदे सुझाव दिएकाे हाे ।

के छ ६ बुँदामा ? 

१. अनलाइन दर्ता प्रणाली सुधार: मतदाताहरूका लागि उपलब्ध अनलाइन दर्ता प्रणालीलाई प्रभावकारी र प्रयोगमैत्री बनाउन आवश्यक रहेको नेविसंघले बताए।

२. दर्ता प्रक्रियाको द्रुत कार्यान्वयन: अनलाइन मार्फत प्राप्त हुने निवेदनहरू तुरुन्तै प्रक्रिया अगाडि बढाइने व्यवस्था हुनुपर्ने माग गरिएको छ।

३. सेवाको पहुँच विस्तार: मतदाता नामावली दर्ता सेवालाई जिल्ला कार्यालयसम्म सीमित नगरी पालिका तहसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

४. विदेशस्थित नेपालीको मतदान अधिकार: विदेशमा बसोबास गर्ने नेपाली नागरिकले आफ्नो मतदान अधिकार सुनिश्चित पाउनुपर्ने नेविसंघको आग्रह छ।

५. सुरक्षित निर्वाचन वातावरण: निर्वाचनमा अवरोध, धम्की वा अवाञ्छित हस्तक्षेप गर्ने समूह वा व्यक्तिहरूबाट मतदातालाई सुरक्षित वातावरण प्रदान गर्न नेविसंघ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

६. सहज पहुँच र पारदर्शिता: सर्वसाधारण नागरिकका लागि दर्ता र मतदान प्रक्रिया सरल, पारदर्शी र समयमै सम्पन्न हुनुपर्ने आवश्यकतामा जोड दिइएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर