काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरेको विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने अहिलेको मूल प्रश्न रहेको बताएका छन्। फेसबुकमार्फत उनले विशेष महाधिवेशनको मागलाई विशेष महाधिवेशनको आयोजनाले वा त्यही समयावधिभित्र नियमित महाधिवेशनले मात्रै सम्बोधन गर्न सक्ने उल्लेख गरेका छन्।

उनले यसलाई कुनै इफ, बट, इन्तु, परन्तु नगरीकन प्रस्ट ढंगले बुझ्न जरुरी रहेकोसमेत बताएका छन्। महामन्त्री शर्माले नियमित महाधिवेशन पुस, माघ, वैशाखमा वा त्योभन्दा अघिपछि गर्न कांग्रेसको विधानले बाधा नगर्ने भए पनि विशेष महाधिवेशन हस्ताक्षर बुझाएको ९० दिनभित्र अनिवार्य सम्पन्न गर्नुपर्ने पार्टी विधानको निर्देशन रहेको उल्लेख गरे।

उनले कांग्रेसले कांग्रेसको जीवनका लागि भन्दा पनि देशका लागि गर्नुपर्ने थुप्रै काम रहेकाले त्यसप्रति गम्भीर हुनु जरुरी रहेको बताएका छन् ।शर्माले केन्द्रीय समिति बैठक जारी रहेकाले केही दिनभित्रै एकता र परिपक्वताका साथ निर्णयमा पुगिनेसमेत स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर