काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले पार्टीको १५ ओै महाधिवेशन पुस मसान्तभित्र गरिसक्नुपर्ने बताएका छन् ।काठमाडौमा उपलब्ध जिल्ला सभापति तथा पुर्व जिल्ला सभापतिहरुसँगको अनौपचारिक छलफलमा नेपाली कांग्रेसका नेता कोइरालाले यस्ताे बताएका हुन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने बिषयमा धेरै पहिलेदेखि नै भन्दै आएको स्मरण गर्दै उनले भने,`अहिलेको समयको चाप, अवस्था आदिका कारण यदि २०८२ मंसिर मसान्तमा गर्न सकिएन भने कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म गरिसक्नुपर्छ । आउँदो आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्छ ।´२०८२ पुस मसान्तसम्मको तालिका बनाँउदा निर्वाचन आयोगको निर्वाचनले प्रकाशित गरेको तालिकासँग नबाझिने गरी बनाउनुपर्नेमा उनले जाेड दिए ।

` नेपाली कांग्रेस अहिले एकतावद्ध, गम्भिर, जिम्मेवार, संयम भै अघि बढ्नुपर्छ र पार्टीसँग सम्बद्ध सबैले राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्नुपर्छ ।बिगतमा पार्टीले थुप्रै आरोह-अवरोह ब्यहोरेकोले आगामी दिनमा एकता नै बल हो भन्ने भावनानुसार एक हुनैपर्छ र कसैले पनि मेरो गोरुको बाह्रै टक्का भन्ने सोच राख्नु हुन्न´, काेइरालाले भने,`म पार्टीमा एकता, मेलमिलाप चाहन्छु । गुट, उपगुट र फु्‌टको अन्त्य गर्न चाहन्छु ।कोही कसैप्रति आग्रह-पुर्वाग्रह नराखी हामी अघि बढ्नै पर्छ ।´

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर