काठमाडौं : प्राध्यापक कृष्ण खनालले नेपाली सेना सिंहदरबारमा आगजनीकाे घटना राेक्न चुकेकाे बताएका छन् । प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँग बुधबार बेलुकाकाे अन्तर्वार्ताका क्रममा उनले यस्ताे बताएका हुन् ।।

`भदाै २४ गतेकाे घटनामा नेपाली सेना चुकेकाे छ ।नयाँ बानेश्वर।संसद भवन आक्राेसकाे ताराे थियाे । तर, सेनाले समयमै प्रयास गरेकाे भए सिंहदरबार जाेगाउन सक्थ्यो ,´ उनले अन्तर्वार्तामा सेनाबारे साेधिएकाे प्रश्नकाे जवाफमा भने । प्रधानमन्त्रीकाे राजीनामा दिउँसाे २ बजे आफै बाेकेर सेनापति शितल निवास पुगेपछि त्यसपछि सेना किन तत्कालै बाहिर निस्किएन र बेलुका १०बजे कुर्याे भन्दै खनालले सेनाकाे भूमिकामा प्रश्न पनि गरे ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर