काठमाडौं: नेपाली कांग्रेसभित्र अहिले विशेष महाधिवेशनको माग चर्कँदै गएको छ । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा विशेष महाधिवेशनको पक्षमा देखिएका छन् ।
शर्मा र थापाको मागकाे विपक्षमा कांग्रेस संस्थापनपक्ष देखिएको छ । तर, जिल्ला जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला र केन्द्रीयस्तरका नेताहरूनै विशेष महाधिवेशन मागिरहका छन् । उनीहरूले हस्ताक्षर अभियाननै चलाएका छन् ।

कांग्रेस नेता शेखर कोइराला पक्षमा रहेका नेताहरू गुरूराज घिमिरे, टेकराज पाैडेल, देवराज चालिसे, मेदनी सिटौलालगायतका नेताहरू पनि विशेष महाधिवेशनको पक्षा खुलेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासहित सम्पूर्ण पदाधिकारी र केन्द्रीय कार्यसमितिको आगामी मंसिरबाट चार वर्षको कार्यकाल समाप्त हुँदैछ ।

कांग्रेस महामन्त्री थापाले ३ विकल्प अघि सारेका छन् । ‘पहिलो, नयाँ अधिवेशनमार्फत पुराना क्रियाशील सदस्यताको नवीकरण गर्ने, दुई महिनाका लागि नयाँ सदस्यता खोल्ने, विधानका धारा निलम्बन गरी सिधै सभापति चयन गर्ने’ थापाले भने ।

यो बाटोले पार्टीमा नयाँ र समावेशी नेतृत्व ल्याउन सकिने उनको विश्वास छ। दोस्रो विकल्पका रूपमा पुराना (१४ औं महाधिवेशनका मतदाता) महाधिवेशन प्रतिनिधिबाट विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने र पार्टीको नीति, नियम र कमजोरीहरू सुधार्ने गर्ने ।

अहिले विशेष महाधिवेशनका लागि देशभर हस्ताक्षर अभियान थालिएकाे छ । २०१४ सालमा पनि नेपाली कांग्रेसका विशेष महाधिवेशन भएकाे थियाे ।  कांग्रेस विधानको धारा १७(२)अनुसार विशेष महाधिवेशन अपरिहार्य भएको भन्दै उनीहरूले प्रतिनिधिहरूलाई प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन्। कांग्रेसमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले महाधिवेशन माग गर्नसक्ने र त्यसरी माग भएमा ३ महिनाभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था छ ।

शेखर कोइराला नजिक रहेका युवाहरूले रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरेरे विशेष महाधिवेशनको माग गरे । विशेष महाधिवेशनको निर्णय केन्द्रीय समितिबाट हुने सम्भावना क्षीण रहेकाले हस्ताक्षर अभियान सुरु गर्नुपरेको उनीरूको भनाइ छ । हस्ताक्षर सबै प्रदेशमा सुरु गरिने अभियानका अगुवाइ गर्ने मध्येका एक नारायण भट्टराईले जानकारी गराए । उनले भने, ‘हस्ताक्षर अभियानमा यो त्यो समूह भन्ने छैन । विशेष महाधिवेशन माग गर्ने सबै पक्षका साथीहरु हुनुहुन्छ

यस्ताे छ विधानकाे व्यवस्था –

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको