काठमाडौं : जनमत पार्टी परित्याग गरेका नेताहरूले युथ फर नेशन अभियान शुरू गर्ने भएका छन् । जनमतका उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा। शरदसिंह यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बमले जनमत छोडेका थिए । उनीहरूले अब ‘युथ फर नेशन’ अभियान सुरु गर्ने भएका छन् ।
जनमत पार्टीबाट बाहिरिएका ६ नेताले `युथ फर नेशन´ अभियान सुरु गर्ने भएका छन्।उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा.शरदसिंह यादवसहित नेताहरूले २ असोजमा पार्टी परित्याग गरेका थिए।
नेताहरूले डा. सीके राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन अल्टिमेटम दिएका थिए ।
जनमत पार्टी परित्याग गरेपछि युवाहरुलाई जोड्ने गरी अभियान सुरु गर्न लागेको डा।शरदसिंह यावले जानकारी गराए। जेनजी आन्दोलनको माग केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड सहित मधेसी दलका अध्यक्षहरुलाई पनि सन्देश दिएको उल्लेख गर्दै यादवले अनलाइनखबरसँग भने,‘अब युवाहरुका कुरा सुन्ने गरी देशभर जान्छौं ।’ युवा केन्द्रीत बहस प्रारम्भ गरिने तर तत्काल पार्टी गठन गर्ने सोंच भने नरहेको उनले बताए।



