काठमाडौं । नेपाली कांग्रेस पार्टीसँग सम्बन्धित ऐतिहासिक धरोहर तथा संरचनाहरुको प्राविधिक जाँचबुझको कार्य सुरु गरिएको छ। पार्टीको केन्द्रीय कार्यालयले हालै प्राविधिक सहयोगका लागि सिडेन लाई अनुरोध गरेपछि यस अभियानलाई प्रारम्भ गरिएको हो।

सिडेन कार्यसमितिले आज प्रारम्भिक रुपमा भट्टराई आश्रम, बाडेगाउँमा पुगेर स्थलको अवस्था अवलोकन गरेको छ। अध्यक्ष इन्जिनियर रवि भूषण झाको नेतृत्वमा गएको टोलीले संरचनागत अवस्था हेरेको र अब बिज्ञ अभियन्ताहरुको टोलि बनाएर विस्तृत काम थालिने जनाएको छ।

यसैक्रममा, नेपाली कांग्रेसका महानायक गणेशमान सिंहले लामो समय बसोबास गर्नुभएको ऐतिहासिक स्थल चाक्सीबारीमा पनि पुगेर प्रारम्भिक अवलोकन गर्ने योजना रहेको सिडेनले जनाएको छ।

यस्तै सिडेन कोशी प्रदेशका अभियन्ताहरुले विराटनगरस्थित कोइराला निवासमा पुग्ने योजना पनि बनाएका छन्। अध्यक्ष झाका अनुसार पहिलो चरणमा पार्टीसँग सम्बन्धित यस्ता ऐतिहासिक धरोहरहरुको प्रारम्भिक जाँचबुझ गरी त्यसपछि देशभरका नेपाली कांग्रेससँग सम्बन्धित कार्यालयहरु, नेताहरुका निवास तथा अन्य संरचनाको प्राविधिक मूल्यांकन क्रमशः सञ्चालन गरिनेछ।

“हामीले अहिले प्रारम्भिक रुपमा केही स्थल अवलोकन गरेका छौं। अब बिज्ञहरुको टोलि बनाएर विस्तृत प्राविधिक मूल्यांकन गर्नेछौं र संरक्षण–पुनर्स्थापनाका लागि आवश्यकता अनुसार दीर्घकालीन कार्ययोजना अघि बढाउनेछौं,” अध्यक्ष झाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर