प्रकाश रायमाझी/
सामाजिक सञ्जाल तथा यु ट्युब आदिमा सरकारले प्रतिबन्ध लगाएर जनताको मौलिक हक अधिकारलाई कुण्ठित गरेको छ। प्रजातन्त्रको दुहाइदिने नक्कली कांग्रेसले खोक्रो प्रजातन्त्रको आदर्श छाट्ने, देउवा मण्डलीले भजन गाउने कांग्रेस। एमाले घोर प्रतिक्रियावादी र अवसरवादी पार्टी हो भनेर भनिरहनु पर्दैन । तिनै ओली हुन् महाकाली बेच्ने। अनेकौं राष्ट्घातीकाममा उद्दत ओली नेतृत्वको सरकारले जनाक्रोशलाई दबाउन सामाजिक सञ्जाल बन्द गरेर के सम्भव हुन्छ दिन प्रतिदिनअलोकप्रिय र‌ घृणित बन्दै गएको सरकारले आफ्ना निर्णयहरू फिर्ता नगर्ने हो भने परिणाम भयाभह हुने हुन्छ। महङ्गी बेरोजगारी आकाशीयको बजार भाउ। चर्को करको भारबाट जनता आजित भईसकेका छन्। कमिसन खोर दलाल कालोबजारी लुटेरा राजनीतिक माफियाहरुलाई सधैँ जय जयकार गर्दै बस्नुपर्ने।

व्यवस्था परिवर्तन भएपछि परिवर्तनको अनुभूति जनताका लागि बन्नुपर्थ्यो। कथित नेताको स्वार्थपूर्तिमा देश बन्धक भएको छ। जनविद्रोह हुन्छ। कथित नेताहरु सावधान भए हुन्छ। जेएनजी ग्रुपले यो अत्याचार सहनु हुँदैन। भ्रष्टाचारीको अकुतधन राष्ट्रियकरण गर्नुपर्छ। भ्रष्टाचारी दुराचारी र घुसखोरी कालाबजारिया तस्करहरु लाई सामाजिक बहिष्कार गरिनुपर्छ। टुलुटुलु हेरेर देश लुटेको बस्न सकिन्न। दलीय भागभण्डा र बिचौलियाकरणको पीडाबाट न्यायालय अक्रान्त बनेको छ। कथित न्यायकर्मीहरूको पनि अकुसम्पत्ति छानबिन हुनुपर्छ। ‌ न्यायलयमा पुनःसंरचना पुननियुक्तिको विषय सडकबाटै सशक्तरूपामा उठ्नुपर्छ। न्यायालय स्वतन्त्र हुनुपर्छ।‌

(लेखक राजनीतिक विश्लेषक हुन्)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर