नेपाली कांग्रेसका ती ‘निरंकुशता-विरोधी’ ब्राण्डेड नेताहरू किन मौन छन्?

• गगन थापा, जसले संसदमा चिच्याएर ‘जनताको पक्षमा’ बोल्ने अभ्यास गरेका थिए, ज़ेन जी को बारेमा पहिलोपटक बोलेका थिए,अहिले किन ट्विटरमा मौन ध्यानमा छन्?
• प्रदीप पौडेल, जसले युवाको आवाज बन्ने वाचा गरेका थिए, अहिले युवाले आवाज उठाउँदा कानमा हेडफोन लगाएर Spotify सुन्दै छन्?
• बिश्व प्रकाश शर्मा, जसको भाषणले पहिलै ‘नयाँ नेपाल’ को सपना देखाउँथ्यो, अहिले पुरानो शैलीको प्रेस नोट लेख्नमै व्यस्त छन्?
• कुंदन काफ्ले, जसले ‘युवा जागरण’ को झण्डा बोकेका थिए, अहिले झण्डा सायद ड्राइ क्लिनमा पठाएका छन्।

जेन जी ले त प्रश्न सोध्न थालेका छन्:
“हामीले आन्दोलन गर्दा तपाईंहरु किन मौन हुनुहुन्छ?”
“लोकतन्त्रको रक्षा गर्नेहरू लोकतन्त्रको आवाज सुन्न किन डराउँछन्?”

कांग्रेसका यी नेताहरूको मौनता अब ‘राजनीतिक रणनीति’ होइन, ‘राजनीतिक रहस्य’ बन्न थालेको छ।
एक जना जेन जी भाईले व्यंग्य गर्दै भन्यो:
👉 “गगन थापा त आन्दोलनमा आउँछन्, तर फोटो खिच्न मात्र।”
👉 “बिश्व प्रकाश शर्मा त बोल्छन्, तर बोल्ने बेला होइन।”
👉 “कुंदन काफ्ले त युवाको साथमा छन्, तर Zoom Meeting मा मात्र।”

“हामीले तपाईंहरूलाई आदर्श मानेका थियौं, अब तपाईंहरू हाम्रो प्रश्नको उत्तर दिनुहोस्—आन्दोलनमा किन नआउने?”

( कुमार दुलाल नेपाली कांग्रेस बागमती प्रदेश सदस्य हुन्)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर