काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमन सिंहले समाजलाई अगाडी बढाउनमा महिलाहरुको विशेष भूमिका रहेको बताउनुभएको छ। नेपाल महिला संघ काठमाडौं क्षेत्र नं १ ले आज नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले अहिले प्राप्त परिवर्तनमा महिलाहरुको भूमिका विशिष्ट रहेको भन्दै तीजको शुभकामना व्यक्त गर्नुभयो।

‘अहिले यातायातको सुविधा बढेकाले आवतजावत गर्न सहज छ । पहिला बाटोघाटो नहुँदा विवाह पछि माइत जान पनि विशेष पर्व आउनुपर्ने । विशेषगरि तीजमा माइत गएर आफन्तसँग बसेर गीत र नृत्यमार्फत आफ्नो सुख दुख व्यक्त गर्ने परम्परा हो,’ उहाँले भन्नुभयो,‘विशेष गरि दिदिबहिनीहरुले यो पर्व मनाउँदा तीजको मान्यतालाई तलमाथि नपर्ने गरि, मौलिकता नविर्सिकन तीज मनाउँदा राम्रो हुन्छ भन्ने मलाई लागेको छ ।’

चेलीबेटीहरुले तीजमा गीत र नृत्यमार्फत सुखदुख अभिव्यक्त गर्ने परम्परा रहेको भन्दै उहाँले तीज मनाउँदा यसको मौलिकता विर्सन नहुनेमा जोड दिनुभयो ।

उहाँले काठमाडौं क्षेत्र नं १ मा संघ, प्रदेश र स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराउन यो क्षेत्रका महिलाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै आभार पनि व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले तीज महिलाहरुका लागि विशेष पर्व रहेको भन्दै मौलिकता जोगाएर तीज मनाउन सुझाव दिनुभयो । उहाँले तीज मनाउँदै गर्दा यसरी भेला भएर गाउन पाउने, नाच्न पाउने अधिकारका लागि नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहसहितका महिला नेतृहरुको भूमिका विर्सन नहुने पनि बताउनुभयो । ‘पुृरुष सरह सम्पूर्ण अधिकार प्राप्त गर्ने मात्र होइन कि अधिकारसँगे आफूले पूरा गर्नुपर्ने जिम्मेवारीमा पनि महिलाहरु सजग हुनुपर्छ,’ उहाँले भन्नुभयो । नेपाल महलिा संघकै कारण महिलाहरुको मताधिकार पाएको, छोरीलाई पनि छोरा सरह पढ्न पाउने अधिकार सुरक्षित भएको र छोरीको सम्पत्तिमा हक स्थापित भएको पनि महिला संघलाई कार्यक्रम आयोजनाका लागि धन्यवाद दिनुभयो ।

कार्यक्रममा कांग्रेस नेतृ कल्याणी रिजाल, मंगलादेवी सिंह फाउण्डेसनकी अधयक्ष सिर्जना सिंह, प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ, शान्ता ढकाललगायतले तीजको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।

भारतले पहिलो हाफमा ५ गोल गर्दा दोस्रो हाफमा दुई गोल थपेको हो। भारतविरुद्ध नेपाली खेलाडी कुनै पनि पक्षमा सफल रहेनन्। खेलभर भारतले नेपाललाई दबाबमा राखेको थियो। दुई वर्ष अघि भएको प्रतियोगितामा पनि नेपाल भारतसँग १०–० ले पराजित भएको थियो।

भुमिका बुढाथोकीको कप्तानीमा रहेको नेपालले दोस्रो खेल शुक्रबार भुटानसँग खेल्ने तालिका छ। त्यसपछि बंगलादेशसँग खेल्नेछ। डबल राउण्ड रोबिन पद्धतिमा आायोजना भएको प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली सिधै च्याम्पियन हुनेछ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर