काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा राजीनामा दिने मुडमा देखिएका छन् । स्रोतका अनुसार उनले आज संसदमा बोलेर राजीनामा दिने तयारी गरेका छन् । निजामती ऐेनमा कुलिङ पिरियडबारे छेडखानी भएपछि खतिवडा विवादमा आएका थिए । रास्वपाले संसदमा खतिवडाको राजीनामा मागिरहेको छ ।
प्रतिनिधिसभामा बोल्न सभामुख देवराज घिमिरेले समय मागेका छन् । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले उनलाई नैतिक जिम्मेवार ठहराएको थियो । चौतर्फी दबाबपछि सम्भवत: आज उनले सदनमार्फत् राजीनामाको घोषणा गर्न लागेको स्रोतको दाबी छ ।



