काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले शिक्षा भनेको ज्ञान लिनु मात्र नभएको बताएका छन्।

शुक्रबार हिन्दू स्वयंसेवक संघ नेपालले सञ्चालन गरेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा बोल्दै उनले ज्ञानलाई सीपमा बदल्नु र प्रयोग गर्न सक्नुपर्ने बताएका हुन्।

उनले भने, ‘शिक्षा भनेको ज्ञान लिनु मात्र होइन। पाएको ज्ञानलाई सीपमा बदल्नु र प्रयोग गर्न सक्ने हुनुपर्छ। हामीले जानेका कुरालाई व्यवहारमा परिवर्तन गर्न सक्दैनौ तवसम्म पढाईको महत्व हँुदैन।’

उनले संस्कृति ज्ञान केन्द्रको परीक्षाले ज्ञानलाई सीपमा बदल्ने, सीपलाई व्यवहारमा बदल्ने र त्यो व्यवहारलाई अझै राम्रो कसरी बनाउन सकिन्छ भनेर सकरात्मक दृष्टिकोण राख्न सन्देश दिने बताए।

उनले हिन्दुत्व भनेको जीवन कसरी जिउने भन्ने दृष्टिकोण रहेको बताए।

उनले भने,‘हिन्दुत्व भनेको जीवन कसरी जिउने, समाजलाई हेर्ने भन्ने हो। आज विश्व एकै ठाउँमा छ। हिजो विश्वसँग जोडिन गाह्रो थियो तर आज मोबाइलबाट सजिलै जोडिएका छौ।’

उनले आफ्नो जीवनलाई अगाडि लैजान आफंलाई चिन्न सक्नुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको