काठमाडौं : गाेकर्णेश्वर नगरपालिकाकाे आफ्नै प्रशासकीय भवन बनाउन बाटाे खुलेकाे छ । आइतबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
गाेकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले मन्त्रिपरिषद्काे बैठकले नगरपालिकालाई प्रशासकीय भवन बनाउन सरकारी जग्गा उपयाेग गर्न स्वीकृति दिएकाे बताए । हाल आफ्नै भवन नहुँदा गाेकर्णेश्वर नगरपालिका भाडाकाे घरमा सञ्चालन हुँदै आएकाे छ ।
मेयर रिसालले कार्यभार सम्हालेलगत्तै नगरपालिकाकाे आफ्नै प्रशासकीय भवन बनाउनका लागि सरकारी जग्गा उपयाेगकाे स्विकृतीका लागि प्रयास गर्दै आएका थिए ।



